रुपन्देहीको नुवाकोट गढीमा सरकारले करोडौँ लगानीमा सडक निर्माण थालेसँगै यहाँको विकासमा चौतर्फी चासो बढेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक,पुरातात्वि एवं पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण एवं रमणीय सो क्षेत्रमा निजी क्षेत्रले अर्बौंका योजना अगाडि ल्याएका छन् ।