त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल ८ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन । त्रिवेणीस्थित गजग्राह र पूर्वतर्फ नारायणी नदी पारि रहेको चितवन निकुञ्जको वाल्मीकि आश्रम जोड्ने पुलको शिलान्यास गरेको ८ वर्ष पूरा भइसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।