अब नापी र मालपोतको काम एकै कार्यालयबाट

जग्गा-जमिनसंग सम्बन्धित कामका लागि नापी र मालपोत कार्यालय फरक फरक हुँदा सेवाग्राहीले असुविधा भोगिरहेका बेला अब यी दुबै कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने …