चैत २६, काठमाडौं । आगामी चैत २८ र २९ गते काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।
स्वावलम्बन विकास केन्द्रको आयोजनामा घर घरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाऔं भन्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरिबी उन्मुलनमा लघुवित्तको भूमिका धेरै हुने भन्दै नेपालमा गरिबी र बेरोजगारी बढेको र २० लाख हेक्टर कृषि योग्य जमीन बाँझो रहेको बताए ।
उनले मुलुकमा अर्बौंको खाद्यान्न आयात हुने गरेको बताउँदै। यी समस्या समाधान गर्न लघुवित्तले भूमिका खेल्न सक्ने पनि बताए ।
उनले नेपालमा लघुवित्त कम्पनीको संख्या बढेकाले अगामी दिनमा गुणस्तरमा ध्यान दिनुपर्ने देखिएको बताए ।
उनले लघुवित्तबाट लिएको कर्जा सहि ठाउँमा सदुपयोग भए नभएको पनि हेर्नुपर्छ भन्दै लघुवित्तबाट ऋण लिएर बिचौलियालाई बुझाउँदा डुबेका उदाहरण पनि रहेको बताए ।
सम्मेलनमा नेपालमा कार्यरत सबै लघुवित्त कम्पनीका प्रमुख, प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरु सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। सम्मेलनमा ६०० जना सदस्य सहभागी हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । हाल नेपालमा ५६ लाख सदस्य लघुवित्तमा आवद्ध रहेका छन् ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।