प्रधानमन्त्री केपी शर्मा ओलीले जारी अध्यादेश पार्टी वा कसैप्रति लक्षित नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक अभ्यास अन्तर्गत नै सरकारले आवश्यकता महसुस गरेर अध्यादेश ल्याएको चर्चा गर्नुहुँदै अनावश्यक विवाद, टिप्पणी र शङ्का–उपशङ्का नगर्नसमेत आग्रह गर्नुभएको छ ।