नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन, चाइना, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड लन्डन, गिसेक्ट प्लस डिभे्रन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच, जर्मनी छनोटमा परेको बैंकले जनाएको छ