एमालेको साथ छाडेका मनाङ्गे ४८ घण्टा नबित्दै फेरि मन्त्री

गोरखा : गत बिहीबार मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीको शपथ लिने भएका छन्।मन्त्री पदबाट राजीनामा दिएको ४८ घण्टा नबित्दै मनाङ्गेले आज पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिने पक्का भएको जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषदमा मनाङ्गे खेलकुद मन्त्री थिए। तर, आफू सामेल भएको सरकारका मुख्यमन्त्रीलाई मनाङ्गेले बिहीबार विश्वासको मत दिएनन्।प्रदेश सभाबाट विश्वास गुमाएपछि मुख्यमन