उदयपुरका तीर्थबहादुर राईले प्रदर्शनीमार्गस्थित सार्वजनिक शौचालय समाज कल्याण परिषद्बाट ठेक्कामा लिएर चलाएको करिब अब पाँच वर्ष पुग्नै लाग्यो । राईले मासिक एक लाख २० हजार रुपैयाँ भाडा परिषद्लाई बुझाउँछन् । परिषद्ले सन् २०१६ को डिसेम्बरमा बनाइदिएको यो शौचालय अपाङ्गमैत्रीसमेत रहेको छ ।तर अहिले उक्त सार्वजनिक शौचालयमा सेवाग्राही आउन निकै कम भएको छ । त्यसैले मासिक भाडा तिर्नै मुस्किल भएको छ । पाँच वर्षको समयावधि सकिएपछि उनी सार्वजनिक शौचालय फेरि ठेक्कामा लिने वा नलिने दोधारमा छन् । त्यसै त लकडाउनक