बाटो बिग्रिँदा यात्रुलाई सास्ती

काठमाडौँ,२३ भदौ । पूर्वकै पर्यटकीय नगरी साागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् । विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताए । […]

सम्बन्धित सामग्री

अध्यागमनको सर्भर बिग्रिँदा अन्तर्राष्ट्रिय उडानमा ढिलाई, यात्रुलाई सास्ती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा बारम्बार समस्या आउँदा अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित हुन थालेका छन् । शनिबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा घन्टौं उभिनु परेको वायुसेवाका कर्मचारीहरुले बताए ।

विमानस्थलको एक्सरे मेसिन बिग्रिँदा यात्रुलाई सास्ती

विराटनगर विमानस्थलको एक्सरे मेसिन दुई हप्ताभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको छ ।मेसिन नबनाउँदा यात्रुलाई भने समस्या भएको छ । यात्रुलाई मात्रै नभइ प्रहरी र विमानस्थलका कर्मचारीले समेत सास्ती बेहोर्नुपरेको छ । विमानस्थलको एक्सरे मेसिन बिग्रएको लामो समयसम्म पनि नबन्दा विमानस्थलको सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुहरूले ल्याएका ठूला ब्यागको चेक जाँच गर्न एक्सरे मेसिनको […]