जथाभावी सडक खन्दा गलेश्वरपारीको बस्ती उच्च जोखिममा, डरले स्थानीय रातभरि जाग्राम

म्याग्दी । रघुगंगा गाउँपालिका स्थित गलेश्वरपारीको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बास्ती माथिको भिरालो पाखो लस्किएर बस्तीनजिक आएपछि ३० घर पहिरोको उच्च जोखिममा परेका हुन् । गलेश्वर–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयले जनाएका छन् । जेठको पहिलो साता देखि नै यहाँका बासिन्दा पहिरोको त्रासले सुत्न सकेका छैनन् । […]