आज श्रीकृष्ण जन्माष्टमी पर्व, पूजा–आराधना गरेर मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस अवसरमा देशभरीका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन […]

सम्बन्धित सामग्री

आज शुक्रबार शेयर कारोबार नहुने

आज शुक्रबार शेयर कारोबार नहुने भएको छ ।  सरकारले आज शुक्रबार सार्वजनिक बिदा दिएकोले आज नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द भई शेयर कारोबार नहुने भएको हो ।श्री कृष्ण जन्माष्टमीको अवसर अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । सरकारले विदा दिए संगै आज शेयर कारोबार नहुने भएको हो । शुक्रबार ११ बजेदेखि १ बजेसम्म शेयर कारोबार हुदै आएको थियो । तर नेप्सेले शुक्रबारको कारोबार छिट्टै बन्द गर्ने जनाएको छ ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।