आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागिएको टक्सर विभागले जारी गरेको सूचनामा उल्लेख […]

सम्बन्धित सामग्री

आजबाट २ रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउदै राष्ट्र बैंक, यस्ता छन् विशेषता

नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेदेखि २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरू रहेको रुपैयाँ २ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो। सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहेको, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको, सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ,  नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको विशेषता रहेको छ।त्यस्तै सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको, आठ थोप्ला सहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाको आकृति रहेको, सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको र  सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ।