म्याग्दी : हिमाली जिल्ला म्याग्दीका विभिन्न ३१ वटा बस्ती पहिरो र १३ वटा बस्ती नदी कटानको उच्च जोखिममा परेका छन्।पहिरो र नदी कटानका कारण म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको भू तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले जनाएको छ। कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा परेका छन्।सहायक भूसंरक्षण अधिकृत मिश्रका अनुसार बेनी नगरपालिकाको भकिम्ली, सिंगा तातोपानी, बगरफाँट पुलाचौर, भसभसे, घतान