विश्वका सबै भाषा–भाषिकामा उखानको विशिष्ट स्थान रहेको हुन्छ। नेपाली भाषामा पनि उखानको महत्वपूर्ण स्थान रहेको छ। बोलीचालीलाई चोटिलो बनाउन उखानको प्रचुर प्रयोग हुँदै आएको छ। उखान लोक जीवनसँग जोडिएको हुन्छ। यसलाई लोकसाहित्यको एउटा विधाको रूपमा पनि लिने गरिन्छ।
नेपाली समाजमा अनेक बान्कीका उखानहरू प्रचलित रहेका छन्। ज...