युगाण्डामा आत्मघाती विस्फोट, दुई प्रहरीको मृत्यु, ३० भन्दा बढी घाइते

युगाण्डाको राजधानी कम्पालामा मंगलबार भएका दुई आत्मघाती बम विस्फोटमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्।यी विस्फोट तीन मिनेटको अन्तरालमा भएका थिए। मृत्यु हुनेमा दुई प्रहरी पनि छन्। पाँचजना गम्भीर घाइते भएको बताइएको छ।विस्फोटका कारण मानिसका शरीरका टुक्रा छरपस्ट भएका थिए। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। अमाक समाचार एजेन्सीका अनुसार इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको जिम्मेवारी लिएको छ।प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन आक्रमणकारीले स