एजेन्सी।भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको आशंका गरिएको छ। भारतका आठ राज्यमा डेल्टाको ५० प्रतिशतभन्दा बढी संक्रमित भेटिएपछि आशंका गरिएको हो। १७४ जिल्लामा डेल्टा भेरियन्ट देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा खतरनाक मानिएको डेल्टा प्लस भेरिएन्ट १२ राज्यमा देखिएको छ। राष्ट्रिय महामारी नियन्त्रण केन्द्रका निर्देशक डा.सुजीतकुमार सिंहले देशभर २१ हजार १०९ जनामा गम्भीर भेरिएन्ट देखिएको जनाएका छन्।