काठमाडौं : नेपाली कांग्रेस खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सम्पन्न मतगणनाबाट राठौरले देवराज चालिसेलाई ५१७ मतान्तरले पराजित गरेका हुन्। विजयी राठौरले दुई हजार पाँच सय ७६ र चालिसेले दुई हजार ५९ मत पाएका छन्।मतपरीणामको औपचारिक घोषणा भने हुँन बाँकी छ। राठौर सभापति शेरबहादुर देउवा समूहबाट चुनाव लडेका हुन्।यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डीना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे, सुस्लिम त