एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी हुन अफर गरेका छन् । बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
तर ठाकुरले भने पार्टी सरकारमा सहभागी हुन इच्छुक नरहेको बताएका थिए । तर यस विषयमा पार्टीमा छलफल गरेर निष्कर्षमा पुगिने उनले बताएको बालुवाटार स्रोतले जनाएको छ ।
जसपाले नै वैकल्पिक सरकार बनाउन इच्छा नदेखाउँदा राष्ट्रपतिले आह्वान गरेको समयभित्र बहुमतको सरकार बन्न सकेको थिएन । बहुमतको सरकार बन्न नसकेपछि...