रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उहाँको आरोप छ ।
यद्यपि उहाँले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ ।
रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुने...