वीरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र

वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरिएको छ। केन्द्र स्थापना एक साताका लागि वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यसाथ राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

वीर अस्पतालले हप्ताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने

काठमाडौं । वीर अस्पतालले हप्तामा दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ । न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् आइतबार र बुधबार विहान १० बजेदेखि १ बजेसम्म सेवा दिने जनाएको छ । यो सेवा विभागको कोठा नम्बर ४३१ मा सञ्चालन हुने छ । यस्तै हप्तामा दुई दिन राष्ट्रिय […]

वीर अस्पतालमा ब्रेन ट्युमर विशेष क्लिनिक हप्तामा दुई दिन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा न्युरो सर्जरी विभाग अन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत ब्रेन ट्युमर विशेष क्लिनिक सेवा हप्तामा दुई दिन सुरु भएको छ।