काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले नेपाल सार्वभाैम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक आवतजावत गर्ने प्रक्रियाहरू रहेकाले बिनाप्रक्रिया कुनै व्यक्ति, सेना आउने […]