हेटौँडा। बागमती प्रदेश प्रमुखको कार्यालयले पुस २५ गतेभित्र सरकार गठन गर्न आह्वान गरेको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।