बैंक तथा वित्तीय संस्थाहरु प्रायः बागमती प्रदेश केन्द्रित भएका छन् । हालैमात्र राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार अधिकतम ३४ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु बागमती प्रदेशमा मात्र केन्द्रित भएको देखाएको हो ।बैंकले संकलन गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७÷७८ सम्ममा सबैभन्दा बढी बागमती प्रदेशमा कुल बैंक तथा वित्तीय संस्थाको अधिकतम ३४ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा जम्मा ४ प्रतिशत मात्र उपस्थिति रहेको देखाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक