काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन्। सरकारले जनयुद्ध दिवसका नाममा आज सोमवार सार्वजनिक बिदा दिएको भन्दै चौतर्फी विरोध भइरहेका बेला महामन्त्री थापाले विज्ञप्ति नै निकालेर स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका हुन्।