इजरायल घटना : प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपालीहरूको उद्दार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् ।
इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इजरायल युद्धको नाममा सरकारमाथि आक्रमण गरी मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको बताएका छन् । पार्टी समर्थित अखिल क्रान्तिकारीको बुधबार भएको बैठकमा पुनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह गरी सरकार ढाल्ने असफल प्रयास भएको दाबी गरे । तर, सरकारको जिम्मेवारीपूर्ण प्रयासले त्यस्तो कोसिस विफल भएको उनको […]
धनुषा, २३ असोज । “म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु । एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुनेछैन”, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस हो यो । मनभरी गाउँको विकासको […]
लण्डन । इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणका कारण पिडित नेपालीको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ । संघले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा गैरआवासीय नेपाली संघको पहिलो प्राथमिकता भएको जनाएको छ । आक्रमणका कारण संकटमा परेका नेपालीहरुको सुरक्षा र उद्दारका लागि पहल गर्न संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदुतावास […]
काठमाडौं । एसएस फाउण्डेशनका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र पत्रकार चिरञ्जीवी मास्केले सोमबार परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई भेटेर इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकारलाई नागरिक स्तरबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ । इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक परे एसएस फाउण्डेशनले नागरिक स्तरबाट विमान चार्टरमा समेत सहयोग गर्नसक्ने संरक्षक […]
काठमाडौँ- संसदमा प्रतिनिधित्व गर्ने दलहरूले इजरायल घटनाका विषयमा सबै दलहरू एक रहेर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकले दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकै ठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।...
काठमाडौँ- संसदमा प्रतिनिधित्व गर्ने दलहरूले इजरायल घटनाका विषयमा सबै दलहरू एक रहेर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकले दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकै ठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।...
सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली […]
काठमाडौँ– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमण र सम्भावित युद्धलाई मध्यनजर गर्दै छलफलका लागि बैठक डाकिएको हो । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टेनियो गुटेरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई मध्यनजर गर्दै विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् । घटनाको […]