नेपाल एयरलाइन्सको निजीकरण रोक्न नेवानिका कर्मचारीको माग

काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले नेपाल एयरलाइन्सको निजीकरण रोक्न माग गरेका छन् । बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल वायुसेवा निगममा कार्यरत विभिन्न नौ वटा ट्रेड युनियनका नेताहरूले निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग गरेका हुन् । ३३ दिनदेखि आन्दोलनरत कर्मचारीहरूले आज प्रधानमन्त्रीलाई भेटेका हुन् । कर्मचारी नेताहरूले महाप्रबन्धक डीम प्रसाद पौडेललाई […]