एनआरएनए विवाद : अबको निकास के ?

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न निर्वाचन गर्ने मौका कुमार पन्त नेतृत्वको कार्य समितिले गुमाएको छ । यसअघि परराष्ट्र मन्त्रालयले सहजकर्ताको भूमिका निभाई संघको विवाद सल्टाएर चुनाव गराउन अध्यक्ष पन्त र कार्यसमितिलाई यथेष्ट समय दिएको थियो । गत अक्टोबर महीनामा बसेको आईसीसीको ८०औं बैठकमा अध्यक्ष पन्तले ३० नोभेम्बरभित्र चुनाव गराउन प्रस्ताव राखेका थिए। […]