काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक राखेर कार्यक्रमको रुपरेखा तयार गरेका हुन्।
'घरघर जाउँ, कांग्रेस जिताऔं' अभियान फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ। केन्द्रीय समितिको बैठकमा यसबारे छलफल जारी रहेको…