काठमाडौं। आन्तरिक पार्टी एकताका लागि दबाब अभियान चलाएका एमालेका सांसदहरुले आज पार्टीको कार्यदलसँग छलफल गर्दैछन्। सिंहदरबारस्थित कृषि समितिको हलमा उपस्थित भएर उनीहरु छलफलमा सहभागी छन्। पार्टीलाई एकताबद्ध बनाएर लैजान बाधक बनेको समस्या लगायतका विषयमा छलफल हुने उनीहरुले बताएका छन्। नेपाल पक्ष र ओली पक्षका सांसदहरु पार्टी एकीकरणका लागि दशबुँदे सहमती र अनुमोदन पनि भइसकेको अवस्थामा कार्यान्वयन नभएपछि छलफलमा जुटेका हुन्।