दाङ : २०६५ साल चैत १४ गते घोराही उपमहानगरपालिका-७ सिसहनियामा उत्साहका साथ नमुना थारू ग्राम स्थापना भयो।थारू समुदाय मात्र रहेको उक्त गाउँमा नमुना ग्राम स्थापना भएपछि थारुमात्र होइन आसपासका स्थानीयसमेत निकै खुशी भए।लोप हुँदै गएको थारू कला संस्कृति जोगिने तथा प्रचारप्रसार हुने र गाउँमा पर्यटकहरू आउने, गाउँको विकास हुने भन्दै आफूहरू निकै खुशी भएको स्थानीय जनकलाल चौधरीले बताए।तर, अहिले उक्त ग्रामको अवस्था देखेर उनी दुःखी देखिन्छन्।जनकलाल भन्छन्, ‘हाम्रो ठाउँमा थारू नमुना ग्र