पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

काठमाण्डाै – सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तालिममा पालिकाका काम, कर्तव्य र अधिकार तथा व्यावहारिक समस्या र समाधानका विषयमा जनप्रतिनिधिलाई प्रष्ट पारिने मन्त्रालयको भनाइ छ । सङ्घीय मामिला मन्त्रालय र प्रदेश सरकारसँगको सहकार्यमा तालिम हुन लागेको...

सम्बन्धित सामग्री

जनप्रतिनिधिलाई सरकार संचालनका लागि अभिमुखीकरण तालिम

हेटौंडा । बागमती प्रदेश सरकारले नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । बागमती प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेशमा भएका १ सय १९ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेका छन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय सरकार संचालन र विकासका विषयमा […]

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई संघले अभिमुखीकरण तालिम दिने

काठमाडौं । संघीय सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ३० वैशाखमा भएको निर्वाचनबाट निर्वाचित भएर आएका ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण तालिम दिन लागेको हो। स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरि तालिम दिइने […]