नवप्रवेशी टोली गुजरातले जित्यो आईपीएल क्रिकेटको उपाधि

काठमाण्डाै - नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो । राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए  भने कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विके...