नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनअन्तरगत अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गरिने भएको छ । आइतबार राति खुला केन्द्रीय सदस्यतर्फको मतगणना सकिएको थियो ।
महिला खुला केन्द्रीय सदस्यमा ९ जना चयन हुने छन् भने त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै मधेसी महिलामा चार जना चयन हुने छन् । जसमा पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।