शेखर समूहको दबाबपछि कांग्रेसको बन्दसूचीमा परिवर्तन हुने !

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा 'परिवर्तन हुने' भएको छ । मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले जानकारी दिए ।  "समानुपातिक सूची केही परिवर्तन हुन्छ । हामी आज छलफल गर्‍यौँ । आज रातभरि नेताहरूले गृहकार्य गर्ने र भोलि बिहानैदेखि...