चाैतर्फी आलाेचनापछि बाग्लुङ नगरपालिकाद्वारा पुल कर फिर्ता

काठमाडाैं : चाैतर्फी आलाेचनापछि बाग्लुङ नगरपालिले पुल कर फिर्ता लिने निर्णय गरेकाे छ। पर्वत र बागलुङ जोड्ने झोलुंगे पुल तर्दा लगाइएको कर बाग्लुङ नगरपालिकाले फिर्ता लिएकाे हाे।बाग्लुङ नगरपालिका–१ वाङ्गेचौर र कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा पूर्वाधार उपयोग कर भन्दै रकम उठाइएको थियो। गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट २० रुपैयाँ लिने निर्णय गरेको थियो। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्