भारतीय पूर्व क्रिकेटर यशपाल शर्माको निधन

एजेन्सी। भारतीय पूर्व क्रिकेटर यशपाल शर्माको निधन भएको छ। १९८३ मा भारतले विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य रहेका ६६ वर्षीय यशपालको मंगलबार बिहान ह्रदयघातका कारण निधन भएको जनाइएको छ। यशपालले १९७८ मा भारतबाट एकदिवशीय डेब्यु र इंग्ल्यान्डविरुद्ध लड्स मैदानमा १९७९ मा टेस्ट डेब्यु गरेका थिए। उनले भारतका लागि ३७ टेस्ट र ४२ एकदिवशीय क्रिकेट खेलेका थिए।

सम्बन्धित सामग्री

भारतीय क्रिकेटर यशपाल शर्माको निधन

भारतलाई सन् १९८३ को विश्वकप क्रिकेट उपाधि दिलाउन मद्दत गरेका मध्यपंक्तिका ब्याट्सम्यान यशपाल शर्माको मंगलबार हृदयघातबाट निधन भएको छ ।