अमेरिकी होमल्याण्ड सेक्युरिटीले आप्रवासनसम्बन्धी केही आवेदन छिटो टुंग्याउन उपलब्ध गराइने प्रिमियम प्रोसेसिङ सेवाको समयसीमा परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको छ। हाल व्यवस्थापन तथा बजेट कार्यालयको समीक्षामा रहेको प्रस्तावले यूएससीआईएसले प्रिमियम प्रोसेसिङमार्फत निर्णय दिने विद्यमान समयसीमा बढाउन सक्ने सम्भावना छ। प्रस्तावित नियमको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। संघीय समीक्षा पूरा भएपछि प्रस्तावलाई सार्वजनिक टिप्पणीका लागि प्रकाशित […]
काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गरिन्छ । महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी र […]
१८ कात्तिक, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको …
काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटिसलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ। सात गोल भएको उक्त सनसनीपूर्ण प्रतिस्पर्धामा ५३औँ मिनेटपछि १० खेलाडीमा सीमित भएको बेटिसलाई हराउँदै बार्सिलोनाले अंकतालिकाको शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ। बार्सिलोनाको जितमा लामिन यामाल, रोड्रि, ग्याब्रिएल जेसुस, एरिक गार्सिया […]
म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ । विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा […]