सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको सङ्खमुलमा अवस्थित झिर रेष्टुरेण्टले व्यावसाय विस्तारको क्रममा आफ्नो पहिलो फ्रेञ्चाइज अघिल्लो शुक्रबारबाट काठमाडौंको कालोपुलमा सञ्चालनमा ल्याएको छ ।बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ वर्ष, साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ वर्षको अनुभव बटुलेका सञ्जिव तिमील्सीनाले ८ महिना पहिले सङ्खमुलमा झिर रेष्टुरेण्टल खोलेका थिए । सञ्चालनमा आएको छोटो समयमै झिरले ग्राहकहरुको मन जित्न सफल भएको छ ।नया