अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको योजना कार्यान्वयन : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको न्युनस्तरको स्वास्थ्य अवस्था सुधार्ने योजनाका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी कार्यान्वयनमा ल्याइएको बताएका छन् । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री पौडेलले फरक शैलीको स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको आगामी योजना र कार्यक्रमहरु कार्यान्वयन गरिएको उनले बताए ।संघीय