कपिलवस्तुको वाणगंगा नगरपालिकामा संघीय र स्थानीय कानून मान्ने विषयमा विवाद देखिएको छ । नगरपालिकाले सबै संस्थागत विद्यालयहरूसँग छलफल गरेर दशैं र दीपावलीको बीचको समयमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, वाणगंगा नगरपालिका–८ मा लौगाईमा रहेको कपिलवस्तु विद्या मन्दिरले उक्त निर्णयको अवज्ञा गर्दै विद्यालय खोलेको थियो । विद्यालय खोलेपछि नगरपालिकाले सूचना जारी गर्दै नगरले गरेको निर्णयलाई कार्यान्वयन गर्न भनेको थियो । उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कानून बमोजिम कारवाही गरिने बता