पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रामाथि अनुसन्धानको सिलसिलामा मुम्बई क्राइम ब्रान्चको टोली शिल्पा शेट्टीको घरमा छापा मार्न शुक्रवार पुगेको छ ।
छापा मार्ने क्रममा प्रहरीले शिल्पालाई सोधपुछ गर्ने सम्भावना छ ।
छापा मार्नुभन्दा केही समयअघि मुम्बईको अदालतले कुन्द्रालाई सोमवारसम्मका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले घटनामा अनुसन्धान चलिरहेको र प्रमाण जुटाउनका लागि समय चाहिने भनी अदालतलाई बताएको थियो ।
यस घटनामा कुन्द्रा सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ...