२ नम्बर प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शुक्रवार तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।
नियुक्त गरिएको केही घण्टामा राष्ट्रपति कार्यालय शितलनिवासमा उनको पद तथा गोपनियताको सपथ भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गराइएको सपथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन भने सपथ ग्रहणमा सहभागी भएनन् ।