प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. २ मा चुनावी माहोल तातिरहेको छ । एकातिर लामो समयदेखि स्थापित प्रभावसहित निरन्तर जितको लक्ष्यमा रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल छन् भने अर्कातिर नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले घरदैलो अभियानमार्फत मतदाताको विश्वास जित्ने रणनीति अघि बढाएका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घन्टी’ चिह्नप्रति युवापुस्तामा देखिएको आकर्षणले […]