लमजुङ कारागारमा थुनुवा महिला झुण्डिएको अवस्थामा फेला

लमजुङ : लमजुङ कारागारमा एक थुनुवा महिलाको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीकी ४८ वर्षीया फूलमाया विक शुक्रबार बिहान करिब ४ः३० झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला कारागार लमजुङका जेलर तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदीश मिश्रले बताए।    ती महिलाको शव शौचालयमा तन्ना बाँधेर झुण्डिएको अवस्थामा भेटिएको थियो। कारागारमा ८९ जना कैदीबन्दी छन्। ती मध्ये १० जना महिला कैदीबन्दी छन्। उ