गत वर्ष स्थगित भएको ओलम्पिक खेल आयोजनाको मिति नजिकिँदै छ । टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुने तय छ ।तर प्रतियोगिताको पूर्वसन्ध्यामा अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको छ ।अमेरिकी विदेश मन्त्रालयबाट ‘लेभल फोर’ एडभाइजरी जारी भएका देशमा जापान एक्लो भने होइन । यसअघि श्रीलंका, भारत, मेक्सिको, ब्राजिल र टर्कीमा पनि घुम्न नजाने सुझाव दिदैं अमेरिकाले यस्तै एडभाइजरी जारी गरेको थियो ।त्यसो त, महामारी अवधिभर नै अमेरिकीहरुको लागि जापान बन्दजस्तै छ