मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र …
तीज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थान उत्तर प्रदेश, विहार, मध्य प्रदेश, राजस्थान, हरियाणा, गुजरात लगायतका स्थानमा करोडौ करोड धर्मालम्वीहरूले मनाउँदै आएका छन् । तीजलाई हरियाली तीज, कजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि नामबाट पनि मनाइन्छ । नेपाल लगायत भारतका विभिन्न स्थानमा धुमधामसंग हरितालिका तीज मनाइन्छ । यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा विदेशमा समेत परिचित हँुदै गरेको देखिन्छ ।तीज पर्वको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक महत्व रहेको छ । स्वयं माता प
हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा–आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । तीज हिन्दू धर्मावलम्बीहरूको एक महŒवपूर्ण पर्व हो । तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासका बारेमा […]
युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ । क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका अध्यक्ष कृष्ण खनालका साथै बिभिन्न संघ संस्थाहरु
काठमाडौं । हिन्दू महिलाको पर्व हरितालिका तीज आउन करिब दुई महिना बाँकी छ । सांस्कृतिक कोणबाट तीज अब महिलाको पर्व मात्र रहेन । बरु कला र संगीतको पाटो पनि जोडिएको छ । तीज पर्व नजिकिंदै जाँदा तीज गीत निर्माणको चटारो सुरु भएको छ । अहिले लोकगीत कलाकारलाई तीज गीत बनाउन भ्याइनभ्याइ छ । काठमाडौंसहित विभिन्न […]
नेपाली चेलीहरु चुला-चौकाबाट माथि उक्लिसकेका छन्। आम्दानीको स्रोत बढ्दैछ। यसैले तीज मनाउन तीज नै कुर्नुपर्नै अवस्था छैन। तर संस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ, मौलिकता नै निमिट्यान्न पार्ने गरी होइन।
– अस्मिता खड्का तीज नजिकिदै गर्दा तीजका गीत र भिडियोहरु आउन सुरु भएका छन् । कलाकारहरुले आफूलाई मन परेकोे विषयवस्तुमा आधारित रहेर तीज गीत हरेक बर्ष बजारमा ल्याउने गर्दछन् । तर, यसपाली कोरोनाको कारण महामारी अगाडिका वर्षहरुमा जस्तै तीज गीतको बाढी नआउने देखिन्छ । बजारमा आएका तीज गीतहरुमध्ये ‘बुहारी ४’ चर्चायोग्य र मनछुने खालको छ […]
काठमाडौं । गायिका अनिता चलाउनेले अन्य पाँच गायिकाको साथमा तीज भाका ल्याएकी छन् । उनलाई सात दिने गायिकामा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेल छन् । एक्लैभन्दा पनि तीज समूहमा गाइने भएकाले पाँच जनाको स्वरमा रेकर्ड गरिएको अनिता बताउँछिन् । भिडियो गीतमा पनि पाँचै गायिका देखिएका छन् । जसमा प्रथम ‘मिस नेपाल’ […]
The post तीज गीतमा पाँच गायिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.