मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन् । किसानहरुले विभिन्न पाँच बुँदे माग गर्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर धर्नासमेत बसेका छन् ।किसानहरूले अदालतको आदेश अनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजनाहरू एकरूपता […]

सम्बन्धित सामग्री

मधेस प्रदेशको कृषि मन्त्रालयमा कृषक समूहले लगाए ताला

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकहरुले तालाबन्दी गर्दै धर्ना दिएका छन् । बक्यौता रकम भुक्तानीको माग गर्दै बिहीबार जनकपुरधामस्थित कृषि मन्त्रालयमा कृषक समूहसँग आवद्ध किसानहरू मन्त्रालयको विभिन्न शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका हुन् ।धनुषास्थित जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारी संस्थासँग आवद्ध किसान तथा पदाधिकारीहरुले निर्माणाधीन शीत भण्डारणको बिलको बक्यौता रकम भुक्तानीको माग गर्दै जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण