अमेरिका मोह : डिभी भर्नै ३० हजारले बनाए राहदानी

काठमाडौं : केही दिन अगाडी राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउनेको भीड थियो। राहदानी विभागमा भीड बढेको जानकारी सञ्चारमाध्यमबाट पाएका रामेछापका राम तामाङ राहदानीका लागि लैनचौर पुगे।बिहान ८ बजे लाइन बस्न पुगेका तामाङ साँझ ५ बजे खाली हात फर्किए।  अमेरिकाको डाइभर्सिटी भिसा अर्थात् डिभी खुलेको जानकारी पाएका तामाङले त्यसैका लागि पासपोर्ट बनाए । काठमाडौमा आफ्नै व्यवसाय  सञ्चालन गर्दै आएका तामाङ अमेरिका जाने सपनाले डिभी भर्नका लागि पासपोर्ट बनाउन आएको बताए