महिला बने कृषि उद्यमी

कुनै बेला ज्यालादारीबाट जीवन निर्वाह गर्ने महिला अहिले कृषि उद्यमी बनेका छन् । सोलुदूधकुण्ड नगरपालिकाका विपन्न महिलालाई कोरोना कालमा लकडाउनले व्यावसायिक कृषक बनाएको हो । लगातारको लकडाउनले बेरोजगार बनेका उनिहरूलाई विषम परिस्थितिमा सुरु गरेको तरकारी खेतीले आत्मनिर्भर मात्र बनाएन, व्यावसायिकसमेत बनाएको छ । विषादी प्रयोग नगरि उत्पादन गरेको तरकारीको माग यतिबेला राम्रो छ ।

सम्बन्धित सामग्री

स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य

नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरीशनिश्चरे गाउँपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो ।सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेशको विकास […]