काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो । सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । […]